Logo

सेयर बजार

३८ अंकले घट्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   १९ श्रावण २०७९, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से ३८.६१ अङ्कले घटेर २ हजार १४८.१६ विन्दुमा झरेको छ ।

जलविद्युत् ५८, माइक्रोफाइनान्स ८०, ब्यापार १२०, बैंकिङ २०, विकास बैंक १००, फाइनान्स ५८, होटल तथा पर्यटन ९०, जीवन बीमा १६७, उत्पादन ७१, निर्जीवन बीमा ४८ र अन्य उपसमूह ३७ अंकले घटेको छ।

आज युनाइटेड मर्दी हाइड्रोको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै समग्र बजार घटेपनि विन्ध्यवासिनी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २१५ कम्पनीको ८५ लाख कित्ता सेयर तीन अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह