मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ४३.३५ अङ्कले घटेर २ हजार ०६२.८० विन्दुमा झरेको छ ।
जलविद्युत् ७८, माइक्रोफाइनान्स १२५, ब्यापार ७०, बैंकिङ १८, विकास बैंक १२२, फाइनान्स ६०, होटल तथा पर्यटन ३४, जीवन बीमा १२२, निर्जीवन बीमा १२३, अन्य ५८ र उत्पादन ७० अंकले घटेको छ ।
आज समग्रमा बजार ओरालो लागे पनि झण्डै १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै गणपति लघुवित्तको सेयर ७ प्रतिशतले घटेको छ ।
यस दिन २२२ कम्पनीको ६६ लाख कित्ता सेयर दुई अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया