Logo

घुमफिर

पर्यटन बोर्डको बजेट बनाउन तीन दिनदेखि धुलिखेल रिसोर्टमा दलबलसहित सीईओ


GDP Nepal
   २ भाद्र २०७९, बिहिबार


काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको विकासका निमित्त सरकार र निजी क्षेत्रबीच पुलको भूमिका निर्वाह गर्नुपर्ने नेपाल पर्यटन बोर्ड यतिबेला आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमाका लागि तयारी गरिरहेको छ ।

बोर्डको बजेट निर्माणका लागि सञ्चालक समिति सदस्य मदन आचार्यको नेतृत्वमा रहेको समिति यतिबेला धुलिखेल लज रिसोर्टमा यतिबेला बजेट निर्माणमा व्यस्त छ ।

कोभिडपछि मुलुकमा पर्यटक आगमनमा देखिएको कमीका कारण पर्यटन बोर्डको प्रत्यक्ष आम्दानी घटे पनि बोर्डको बजेट निर्माणका लागि तीन दिनदेखि कार्यकारी प्रमुख धनञ्जय रेग्मी दलबलसहित धुलिखेलस्थित एक रिसोर्टमा रहेको पाइएको छ ।

मंगलबार रिसोर्ट पुगेको सीईओसहितको टिम बिहीबार यो समाचार तयार पार्दासमेत फर्केको छैन । बोर्ड सदस्यमध्ये रेग्मीका खास मान्छे भनेर चिनिएका संयोजक आचार्य र अर्का सदस्य कृष्ण शाह तीन दिनदेखि धुलिखेलमै छन् ।

बोर्डको बजेट समितिमा फाइनान्स प्रमुख पदेन सदस्यसचिव रहने व्यवस्था रहे पनि उनी भने तीनैदिन बजेट निर्माणसम्बन्धी धुलिखेल बैठकमा सहभागी भएनन् ।

सीईओ रेग्मीले आफूनिकटका केही कर्मचारीलाई पनि धुलिखेलको आवासीय बैठकमा लगेको स्रोतले जनाएको छ ।

बोर्डको बजेट तर्जुमा आफैंमा महत्वपूर्ण काम भए पनि धुलिखेलको महँगो रिसोर्टमा दलबलसहित तीन दिन बैठक राखेर तयारी गर्नुलाई पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले भड्किलोको संज्ञा दिएका छन् ।

बोर्डका एक सदस्यले भने बोर्ड अध्यक्ष खाली रहेको बेला सीइओले मनोमानी गरिरहेको र बोर्डका कार्यवाह अध्यक्ष चन्द्र रिजाललाई एक्ल्याइएको धारणा राखे ।

बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था रहे पनि हाल मन्त्रालय सचिवविहीन छ ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजाल यस्तो अवस्थामा स्वतः कार्यवाहक अध्यक्ष हुने भए पनि उनलाई समेत जानकारी नदिई सीईओ र दुई सदस्य धुलिखेल गएका हुन् ।

धुलिखेल बैठकका सम्बन्धमा संयोजक आचार्यसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह