Logo

सेयर बजार

७ अंकले घट्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   ५ भाद्र २०७९, आइतबार


साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से ७.७२ अंकले घटेर २ हजार ०६०.५५ विन्दुमा पुगेको छ ।

ब्यापार ४१, अन्य २५, माइक्रोफाइनान्स ७, जीवन बीमा ३७, जलविद्युत् २८, फाइनान्स १६ र विकास बैंक .३५ अंकले घटेको छ । यस्तै, बैंकिङ १, होटल तथा पर्यटन २९, उत्पादन २२ र निर्जीवन बीमा ८ अंकले बढेको छ ।

आज रिभर फल्स कम्पनी र हिमालयन हाइड्रो पावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन २१८ कम्पनीको ५३ लाख ३९ हजार कित्ता सेयर दुई अर्ब चार करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह