Logo

सेयर बजार

७ अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ६ भाद्र २०७९, सोमबार


सोमबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से ७.३८ अङ्कले घटेर २ हजार ५३.१६ विन्दुमा झरेको छ ।

ब्यापार ०.९४, अन्य १०, माइक्रोफाइनान्स १५, जीवन बीमा २, जलविद्युत् १६, फाइनान्स ८, विकास बैंक २४, बैंकिङ १, होटल तथा पर्यटन २९, उत्पादन ३२ र निर्जीवन बीमा ४७ अंकले घटेको छ ।

आज एनआईबीएल समृद्धि फन्डको सेयर झन्डै सात प्रतिशत र दोर्दी हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि अपर हेवाखोला जलविद्युत् र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता सेयर एक अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २८ करोड रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह