Logo

सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ७ भाद्र २०७९, मंगलबार


मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.८५ अङ्कले बढेर २ हजार ५४.९८ विन्दुमा पुगेको छ ।

आज ब्यापार १०, बैंकिङ ४, जलविद्युत् ०.६, उत्पादन २९, अन्य ०.५८ र जीवन बीमा ८ अंकले बढेको छ । यस्तै, माइक्रोफाइनान्स ११, फाइनान्स ६, विकास बैंक १४, होटल तथा पर्यटन ३७ र निर्जीवन बीमा ५ अंकले घटेको छ ।

आज रुरु जलविद्युत र मन्दाकिनी हाइड्रोपावरको सेयर १० अंकले बढेको छ । समग्रमा बजार उकालो लागे पनि आज सिद्धार्थ ईक्विटि फन्डको सेयर भने झण्डै सात अंकले घटेको छ ।

यस दिन २२२ कम्पनीको ४० लाख कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह