बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २.८७ अङ्कले बढेर दुई हजार ५७.८५ विन्दुमा पुगेको छ ।
आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिद्धार्थ इक्विटी फन्डको सेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।
यस दिन २२३ कम्पनीको ३६ लाख ७८ हजार कित्ता सेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया