साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.९३ अङ्कले घटेर दुई हजार २२.६२ विन्दुमा झरेको छ ।
आज निर्जीवन बीमा बाहेक अन्य उपसमूह घटेर राताम्मे भएका छन् ।
समग्र बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पोरेशनको सेयर भने झन्डै ६ प्रतिशतले बढेको छ । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ ।
यस दिन २१३ कम्पनीको ३५ लाख ८८ हजार कित्ता सेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेसेयर किनबेच भयो ।
प्रतिक्रिया