सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३.७६ अङ्कले बढेर एक हजार ९९३.०२ विन्दुमा पुगेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, समग्र बजार बढे पनि रुरु जलविद्युत्को सेयर भने झन्डै ६ प्रतिशतले घटेको छ ।
यस दिन २२२ कम्पनीको ३४ लाख ४० हजार कित्ता सेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया