Logo

सेयर बजार

झिनो अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १६ भाद्र २०७९, बिहिबार


बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १.०८ अङ्कले घटेर एक हजार ९७२.२९ विन्दुमा पुगेको छ ।

आज ब्यापार ६, बैंकिङ २, उत्पादन ३, अन्य २८, लगानी ०.११ र म्यूचूअल फन्ड ०.०१ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ५४, माइक्रोफाइनान्स १, फाइनान्स २१, विकास बैंक ७, होटल तथा पर्यटन २४ र निर्जीवन बीमा ६२ अंकले बढेको छ ।

आज राप्ती हाइड्रोको सेयर ४ अंकले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

यस दिन २२५ कम्पनीको ३९ लाख कित्ता सेयर एक अर्ब ३८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह