शुक्रबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १.६७ अङ्कले घटेर एक हजार ९७०.६३ विन्दुमा पुगेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर चार प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत् कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन २१९ कम्पनीको १८ लाख एक हजार कित्ता सेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया