Logo

सेयर बजार

६ अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १९ भाद्र २०७९, आइतबार


साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से ६.६८ अङ्कले बढेर एक हजार ९७७.३० विन्दुमा पुगेको छ ।

बैंकिङ १, विकास बैंक ५५, फाइनान्स १०, जलविद्युत् २१, जीवन बीमा ४६, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १४७, र व्यापार ४ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन १६, उत्पादन ८ र अन्य १३ अंकले घटेको छ ।

आज रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले बढेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर ९ प्रतिशत धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर झण्डै तीन अंकले घटेको छ ।

यस दिन २२७ कम्पनीका २८ लाख कित्ता सेयर एक अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह