सोमबार सेयर बजार ४ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ४.२९ अङ्कले घटेर एक हजार ९७३.०१ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक १०, फाइनान्स ९, जलविद्युत् ६, जीवन बीमा ५, निर्जीवन बीमा ४, व्यापार ८, होटल तथा पर्यटन ८ र अन्य १५ अंकले बढेको छ ।त्यस्तै, माइक्रोफाइनान्स २ र उत्पादन १ अंकले घटेको छ ।
आज रुरु जलविद्युत परियोजनाको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज मैलुख खोला जलविद्युतको सेयर ७ प्रतिशतले बढेको छ ।
यस दिन २२४ कम्पनीका २४ लाख कित्ता सेयर ९० करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया