Logo

सेयर बजार

सेयर बजारमा झण्डै १२ अंकको पहिरो, ८२ करोडको कारोबार


GDP नेपाल
   २२ भाद्र २०७९, बुधबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९७ अंकले घटेर एक हजार ९३९.८८ विन्दुमा झरेको छ ।

बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स ११, जलविद्युत् २१, जीवन बीमा ३६, उत्पादन ४, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ३३, अन्य ७, ब्यापार ४६ र होटल तथा पर्यटन ५२१ अंकले घटेको छ ।

आज प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सनराइज म्युचल फन्डको सेयर साढे सात प्रतिशतले बढेको छ ।

यस दिन २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह