बिहिबार सेयर बजार परिसूचक नेप्से २.१३ अंकले घटेर एक हजार ९३७.७४ विन्दुमा झरेको छ ।
बैंकिङ ४, ब्यापार १७, उत्पादन १३, माइक्रोफाइनान्स १, अन्य १८ र जीवन बीमा २४ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ३७, फाइनान्स २२, जलविद्युत् १३, निर्जीवन बीमा १, र होटल तथा पर्यटन १० अंकले घटेको छ ।
आज सामुदायीक लघुवित्त वित्तिय संस्थाको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै ४ प्रतिशतले बढेको छ
।
यस दिन २२७ कम्पनीको ३४ लाख कित्ता सेयर १ अर्ब ४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया