काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा युवा उद्यमी पशुपति देव पाण्डे निर्वाचित भएका छन्।
शनिबार सम्पन्न संघको २८औँ साधारणसभाले प्रथम उपाध्यक्षमा राहुलमान शाक्य, द्वितीय उपाध्यक्षमा भूपाल बस्नेत र महासचिवमा भिमकुमार गिरिलाई निर्वाचित गरेको छ ।
संघको कोषाध्यक्षमा सञ्जय अग्रवाल र सहसचिवमा वसन्त अधिकारी निर्वाचित भए ।
संघको सदस्यहरुमा थोम नाथ बस्याल, कृष्ण प्रसाद पाण्डे,सतीश गिरि, सुरेशमान श्रेष्ठ, सचिन्द्र प्रधानाङ्ग र हिरा मोक्तान निर्वाचित भएको सङ्घले जनाएको छ।
प्रतिक्रिया