Logo

बिजनेस होम

उद्योगी अशोक टेमानी वीरगन्ज महानगरपालिकाको सल्लाहकार नियुक्त


GDP Nepal
   २८ भाद्र २०७९, मंगलबार


वीरगन्ज । वीरगन्जका उद्योगी अशोक टेमानी वीरगन्ज महानगरपालिकाको सल्लाहकारमा नियुक्त भएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका टेमानी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारीणी सदस्य एवं स्थल तथा पारवहन समितिका सभापति हुन् ।

टेमानीलाई वीरगन्जको बृहत्तर विकासका लागि सहयोग गर्ने अपेक्षासहित महानगरपालिकाको सल्लाहकारमा नियुक्त गरेको नगर प्रमुख राजेशमान सिंहले बताए । े

इण्डो नेपाल सोसियो इकोनोमिक फोरमका अध्यक्षसमेत रहेका टेमानीको अनुभव, सल्लाहसुझावले वीरगन्जको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास महानगरपालिकाको रहेको नगर प्रमुख सिंहको भनाइ छ ।

पारवहन क्षेत्रमा अध्ययन र अनुभव रहेको टेमानी वीरगन्जलाई नै कार्यक्षेत्र बनाएर उद्योग व्यवसायमा संलग्न रहेका छन् । सल्लाहकारमा नियुक्त गरेकोमा महानगर प्रमुख सिंहलाई धन्यवाद दिँदै टेमानीले वीरगन्जको बृहत्तर विकासका लागि आफूलाई थप जिम्मेवार बनाएको बताए ।

टेमानीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ वीरगन्जको विकासका लागि योगदान गर्ने बताए । महानगरपालिकाले यसअघि उद्योग अशोक वैदलाई सदभावनादूत नियुक्त गरेको छ ।

त्यस्तै लायन्स क्लबमा आवद्ध रहेर अन्तराष्ट्रिस्तरमा समेत वीरगन्ज र नेपाललाई परिचित गराएका इन्जिनियर सञ्जय खेतानलाई पनि वीरगन्ज महानगरपालिकाको सल्लाहकारमा नियुक्त गरेको थियो ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह