Logo

सेयर बजार

नेप्से २१ अंकले बढ्यो, ब्रोकर लाइसेन्स र अर्को स्टक एक्सचेञ्जको प्रभाव ?


GDP Nepal
   २८ भाद्र २०७९, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.३० अंक अर्थात १.११ प्रतिशतले बढेको छ । यससँगै परिसूचक १९३४.०४ बिन्दुमा पुगेको छ ।

निजी क्षेत्रबाट अर्को स्टक एक्सचेञ्ज सञ्चालन हुने र ब्रोकर लाइसेन्समा पनि खुकुलो नीति अवलम्बन गर्ने नीतिसँगै बजारमा हरियाली छाएको जानकारहरु बताउँछन् ।

स्टक एक्सचेञ्जमा १७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको र पाँच कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेन । यस दिन ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच भएका छन् ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह