Logo

सेयर बजार

सेयर बजारमा हरियाली, ४७ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २९ भाद्र २०७९, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४७.४४ अङ्कले बढेर एक हजार ९८१.४८ विन्दुमा पुगेको छ ।

बैंकिङ २४, विकास बैंक १६०, फाइनान्स ९७, होटल तथा पर्यटन ६६, जलविद्युत् ७८, जीवन बीमा १३३, उत्पादन १११, माइक्रोफाइनान्स १०६, निर्जीवन बीमा ११६, अन्य ४० र ब्यापार १०७ अंकले बढेको छ ।

आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ । आज बजारमा हरियाली छाए पनि एनआईसी एसिया क्याप फण्डको सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन २२७ कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह