Logo

सेयर बजार

सेयर बजारमा ५७ अंकको पहिरो


GDP नेपाल
   ३० भाद्र २०७९, बिहिबार


बिहिबा सेयर बजारमा पहिरो गएको छ । सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेर एक हजार ९२४.४८ विन्दुमा झरेको छ ।

बैंकिङ २४, विकास बैंक १६९, फाइनान्स ९०, होटल तथा पर्यटन ९१, जलविद्युत् १००, जीवन बीमा १७७, उत्पादन १५९, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १९६, अन्य ५६ र ब्यापार ७८ अंकले घटेको छ ।

आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २३२ कम्पनीको ६९ लाख ४० हजार कित्ता सेयर दुई अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह