साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १४.१ अंकले घटेर एक हजार ९१०.३८ विन्दुमा झरेको छ ।
बैंकिङ ६, विकास बैंक ४४, फाइनान्स २२, होटल तथा पर्यटन १९, जलविद्युत् २५, जीवन बीमा २२, उत्पादन ५५, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा २७, अन्य ४ र ब्यापार उपसमूह ६ अंक घटेको छ ।
आज मिर्मिरे माइक्रोफाइनान्सको सेयर ५ प्रतिशतले घटेको छ । समग्रमा आज बजार घटे पनि बुद्धभूमि नेपालको सेयर ६ प्रतिशतले बढेको छ ।
यस दिन २२० कम्पनीको २९ लाख कित्ता सेयर ९० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया