Logo

सेयर बजार

सेयर बजारमा झण्डै ३४ अंकको पहिरो


GDP नेपाल
   २ आश्विन २०७९, आइतबार


आइतबार सेयर बजारमा झण्डै ३४ अंकको पहिरो गएको छ ।

सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर एक हजार ८७६.४१ विन्दुमा झरेको छ ।

बैंकिङ १२, विकास बैंक ९१, फाइनान्स ४७, होटल तथा पर्यटन ४०, जलविद्युत् ६५, जीवन बीमा २२१, उत्पादन ७१, माइक्रोफाइनान्स ७७, निर्जीवन बीमा १२४, अन्य ३३ र व्यापार उपसमूह ६१ अंकले घटेको छ ।

आज बलेफी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को सेयर भने पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता सेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह