Logo

सेयर बजार

नेप्से ३९ अंकले घट्यो, सवा अर्बको कारोबार


GDP Nepal
   ४ आश्विन २०७९, मंगलबार


काठमाडौं । नेप्से परिसूचक लगातार चार दिन घटेको छ । बैंकहरूले असोज महीनामा ब्याजदर बढाएसँगै शेयर बजार लगातार चार दिनदेखि ओरालो लागेको छ ।

साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३८ दशमलव ८१ अंक झरेको छ । नेप्से परिसूचक १ हजार ८३७ दशमलव ६० विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २३१ धितोपत्रको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर ३० हजार १३५ पटकमा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २३१ धितोपत्रमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता १ हजार ५३८ कायम भएको छ । त्यसैगरी दोस्रोमा एनएमबि फिप्टीको इकाई मूल्य ३ दशमलव ८७ प्रतिशत वृद्धि भएर ९ दशमलव १३ पुगेको छ ।

मंगलवार कालिका पावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता ३०० दशमलव ६० कायम भएको छ । त्यसैगरी दोस्रोमा बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८ दशमलव १९ प्रतिशत घटेर २१३ कायम भएको छ ।

हिमालयन डिष्टीलरीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । यस कम्पनीको ५ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिडी पावर कम्पनीको ५ करोड ३५ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ औटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८३ प्रतिशत घटेको छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह