बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ९.८३ अंकले घटेर एक हजार ८३८.९६ विन्दुमा झरेको छ ।
आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।
यस दिन २२९ कम्पनीको २५ लाख ४२ हजार कित्ता सेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया