Logo

सेयर बजार

सेयर बजार राताम्मे, झण्डै २४ अंकले घट्यो नेप्से


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २३.८३ अंकले घटेर एक हजार ८१५.१३ विन्दुमा झरेको छ ।

आज सबै उपसूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै उत्पादन समूह ८४ अंकले घटेको छ ।

आज तेह्रथुम पावर कम्पनीको सेयर झन्डै ८ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि अभियान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २२८ कम्पनीको ४० लाख १४ हजार कित्ता सेयर एक अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँको सेयर किनबेच भयो ।

 

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह