बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ६.४१ अंकले बढेर एक हजार ८३७.४६ विन्दुमा पुगेको छ ।
आज व्यापार, फाइनान्स, अन्य र म्यूचूअल फन्ड बाहेक अन्य उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३९ अंकले बढेको छ ।
यस दिन मन्दाकिनी जलविद्युतको सेयर सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज ग्लोबल आईएमई ब्यालेन्स फन्ड १ को सेयर १० प्रतशतले घटेको छ ।
यस दिन २२१ कम्पनीको १३ लाख कित्ता सेयर ४८ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया