Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, ६३ करोडको कारोबार


GDP नेपाल
   १३ आश्विन २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले बढेर एक हजार ८५३.७६ विन्दुमा पुगेको छ ।

आज जीवन बिमा बाहेक अन्य उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ६८ अंकले बढेको छ ।

यस दिन अभियान लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सामलिङ पावर कम्पनीको सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन २२३ कम्पनीको १७ लाख कित्ता सेयर ६३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह