Logo

बैंक / बिमा /शेयर

आशा लघुवित्तकाे सेयर लिलामीमा


GDP नेपाल
   १४ आश्विन २०७९, शुक्रबार


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला हुने भएको छ । संस्थाले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।

संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह