Logo

मुख्य समाचार

याङकिला शेर्पासहित व्यवसायीहरु सुरकृष्ण वैद्य र लिलेन्द्र प्रधान कांग्रेस समानुपातिक सूचीमा


GDP Nepal
   २३ आश्विन २०७९, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले वागमती प्रदेशसभाका लागि समानुपातिक सांसदको सूचीमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि उल्लेख्य स्थान दिएको छ ।

कांग्रेसको समानुपातिक सूचीमा पूर्वमन्त्री तथा व्यवसायी याङकिला शेर्पासहित नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्य तथा नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान कांग्रेसको प्रदेशसभा समानुपातिक सूचीमा रहेका छन् ।

शेर्पा आदिवासी जनजाती महिला प्रदेशसभा सदस्यतर्फ पाँच नम्बरमा रहेकी छन् भने प्रधान र वैद्य आदिवासी जनजाती प्रदेशसभा सदस्य पुरुषतर्फ क्रमशः चौथो र छैटौं नम्बरमा परेका छन् ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह