दसैंपछि आइतबार खुलेको सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४४.६२ अंकले बढेर एक हजार ८९८.३८ विन्दुमा पुगेको छ ।
बैंकिङ २५, विकास बैंक १४९, फाइनान्स ७०, होटल तथा पर्यटन ४९, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १२१, माइक्रोफाइनान्स ११२, निर्जीवन बीमा १३५, अन्य ३२ र ब्यापार उपसमूह १७ अंकले बढेको छ ।
आज सप्तकोसी विकास बैंक र उपकार लघुवित्त सेयर झण्डै १० प्रतिशतले बढेको छ । यस दिन २२४ कम्पनीको २५ लाख कित्ता सेयर ८३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया