Logo

सेयर बजार

२७ अंकले घट्यो सेयर बजार, ९७ करोडको कारोबार


GDP नेपाल
   २४ आश्विन २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २७.१६ अंकले घटेर एक हजार ८७१.२२ विन्दुमा पुगेको छ ।

बैंकिङ १५, विकास बैंक ९१, फाइनान्स ३७, होटल तथा पर्यटन ४५, जलविद्युत् ४३, जीवन बीमा ७१, उत्पादन ४१, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा ११४, अन्य १८ र ब्यापार उपसमूह ९ अंकले घटेको छ ।

आज सबै भन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि अभियान लघुवित्तको सेयर भने झण्डै १० प्रतिशतले बढेको छ ।

यस दिन २३३ कम्पनीको ३१ लाख कित्ता सेयर ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड प्रोमोटरको १६ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह