Logo

बैंक / बिमा /शेयर

सानिमा क्यापिटलले बन्दमुखी म्युचुअल फण्ड ल्याउँदै


GDP नेपाल
   २५ आश्विन २०७९, मंगलबार


सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड ल्याउने भएको छ ।

कार्तिक १६ गतेबाट सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको हो । क्यापिटलले १ अर्ब २० करोडको आकार रहने योजना प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।

यसले १ करोड ५६ लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई, २४ लाख इकाई सानिमा क्यापिटललाई र बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणलाई छुट्याएको छ ।

आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । छिटोमा कार्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कार्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह