आइतबार सेयर बजार ९ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ९.६९ अंकले घटेर एक हजार ८६०.९४ विन्दुमा पुगेको छ ।
विकास बैंक ६०, फाइनान्स २८, जलविद्युत् २१, जीवन बीमा ७६, माइक्रोफाइनान्स ३५, निर्जीवन बीमा ५६, अन्य १०, होटल तथा पर्यटन १५ र ब्यापार उपसमूह भने २३ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ३ र उत्पादन उपसमूह १३ अंकले बढेको छ ।
आज पिपुल्स पावर लिमिटेडको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज अभियान लघुवित्त वित्तिय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन २२१ कम्पनीको २५ लाख कित्ता सेयर ८० करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया