Logo

अर्थनीति

प्रधानमन्त्री भेट्ने व्यवसायीसँग उद्योगमन्त्री आक्रोशित, गणतन्त्रमा पनि राजा खोजेको आरोप !


appharu
   ९ मंसिर २०७५, आइतबार


काठमाडौँ । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यवसायीहरुले गणतन्त्रमा पनि राजा खोज्ने प्रवृत्ति कायम रहेको बताएका छन् । मन्त्री यादवले विधि कानुन र प्रक्रियालाई ख्याल नगरी एकैपटक अन्तिम बिन्दुमा फड्को मार्ने प्रबृत्ति बढेको बताएका छन् ।

उद्यम व्यवसायसंग सम्वन्धित कतिपय विषयहरु आफ्नो मन्त्रालयसंग सम्वन्धित भएपनि सिधै व्यवसायीहरुले प्रधानमन्त्रीकोमा पु¥याउने गर्दा आफुलाई काम गर्न कठिन भएको भन्दै त्यस्ता विषयमा थाहा नभएको भन्ने सिधा जवाफ दिने गरेको समेत उनले बताए ।

“तपाईहरु राजाको समयमा हुर्किएकोले अहिले पनि राजा खोज्दै हुनुहुन्छ, राजा हटेको धेरै भयो विधि कानुन र प्रक्रिया मानेर काम गर्नुस” मन्त्री यादवले उद्योगी व्यवसायीहरुप्रति कडा रुपमा प्रस्तुत हुँदै भने “म तपाईहरुलाई सहयोग गर्नकै लागि मन्त्रालयमा छु भने किन ‘जम्प’ गरेर माथी पुग्नुहुन्छ ? नेपालमा उद्यम व्यवसाय फस्टाउनका लागि जस्तो सुकै अवस्थाको पनि सामना गर्न तयार छु तर पनि व्यवसायीहरु राजतन्त्रको जस्तो शैली अहिले पनि देखाउने गरेका छन् ।

“उद्यम व्यवसायको हितका लागि म तपाईहरुको अगाडी वा पछाडी जता लाग्न तयार छु” आफ्नो मन्त्रालयलाई ‘वाइकट’ गरेर तपाईहरु अवश्य कुनै न कुनै खाल्डोमा पर्नुहुन्छ त्यसैले विधिको पालना गर्नुस ।”

नेपालमा उद्योगी मानसिकता छैन भन्दै उनले सहज र छिटो तरिकाले नाफा कमाउन अरु देशले उत्पादन गरेका बस्तु तथा सेवा बेच्ने गरेकोमा आफुलाई दुख लागेको बताए ।उद्योगहरुको अवस्था के कस्तो छ भन्ने विषयमा हालसम्म सरकारसंग कुनै पनि जानकारी छैन । यसका लागि निजी क्षेत्रका संघसंस्थाले सहयोग नगरेको उनले बताएका छन् ।

चौथो उद्योग दिवसका अवसरमा अयोजित कार्यक्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीतिगत रुपमै सहजीकरण गर्नुपर्ने बताए । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापारघाटा कम गर्न र उत्पादनमुलक उद्योग बढाउने नीति अवलम्वन गर्नुपर्नेमा जोड दिइन ।

प्रकाशित : ९ मंसिर २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह