Logo

सेयर बजार

झिनो अंकले घट्यो सेयर बजार, ५० करोडको कारोबार


GDP नेपाल
   ३ कार्तिक २०७९, बिहिबार


बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १.३८ अंकले घटेर एक हजार ८४४.१४ विन्दुमा झरेको छ ।

बैंकिङ ०.०९, फाइनान्स ३, जलविद्युत् १०, जीवन बीमा ५, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ३१, अन्य उपसमूह ०.८ अंकले घटेको छ । त्यस्तै, व्यापार १२ र विकास बैंक उपसमूह ८ अंकले बढेको छ ।

आज सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको सेयर साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सयपत्री हाइड्रो पावरको सेयर १० प्रतिशत र विन्ध्यवासिनी हाइड्रो र विशाल बजार कम्पनीको सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २२१ कम्पनीको १५ लाख कित्ता सेयर ५० करोडमा कारोबार भएको छन् । सबैभन्दा धेरै अभियान लघुवित्तको तीन करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह