काठमाडौं । तिहार र छठको लामो बिदापछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १६.३९ अंक बढेर १८७४.८७ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक बढेको छ।
सोमबार २२४ स्टकको १७ हजार ७४८ पटकको कारोबारमा ६९ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।
नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ। यता अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१६ प्रतिशत घटेको छ भने रु रु जलविद्युत कम्पनीको शेयरमूल्य ६.५८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एभरेष्ट बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नबिल बैंकको करिब ४ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य, बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन ०.३९ प्रतिशत घटेको छ।
प्रतिक्रिया