Logo

सेयर बजार

५६ अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १५ कार्तिक २०७९, मंगलबार


मंगलबार सेयर बजार ५६.११ अंकले बढेर एक हजार ९३०.९९ विन्दुमा पुगेको छ ।

बैंकिङ २९, विकास बैंक १३१, फाइनान्स ८१, होटल तथा पर्यटन ५४, जलविद्युत् ८३, लगानी २, जीवन बीमा १७३, उत्पादन १६१, माइक्रोफाइनान्स ९१, निर्जीवन बीमा १८२, अन्य ७० र ब्यापार उपसमूह ८१ अंकले बढेको छ ।

आज न्यादी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेर पनि एनसीसी डिबेन्चर २०८६ र सिटिजन्स म्युचल फन्डको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २३१ कम्पनीको ३९ लाख कित्ता सेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह