Logo

सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार, ८९ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.१४ अंकले घटेर एक हजार ९२२.१६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ११, विकास बैंक ४१, फाइनान्स १९, होटल तथा पर्यटन २०, जलविद्युत् २७, उत्पादन १३, माइक्रोफाइनान्स ४७, अन्य १७ र व्यापार उपसमूह १९ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा १ र निर्जीवन बीमा ०.६ अंकले बढेको छ ।

आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रो, मैलुङखोला जलविद्युत् र ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको सेयर साढे ६ प्रतिशतले बढेको छ ।

यस दिन २२० कम्पनीको २७ लाख ६७ हजार कित्ता सेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह