Logo

सेयर बजार

६ अंकले घट्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   २१ कार्तिक २०७९, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक ३९, फाइनान्स ९, होटल तथा पर्यटन १, जलविद्युत् ६, उत्पादन ६२, माइक्रोफाइनान्स २१ र निर्जीवन बीमा ८१ अंकले घटेको छ । त्यस्तै, लगानी ०.०१, जीवन बीमा ४६, ब्यापार उपसमूह ३, अन्य उपसमूह ०.८२ र म्यूचूअल फन्ड ०.१४ अंकले बढेको छ ।

आज ग्लोकल आइएमई लघुवित्त र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज धौलागिरी लघुवित्तको सेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन २२४ कम्पनीको ४९ लाख कित्ता सेयर दुई अर्बमा कारोबार भएको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह