मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर एक हजार ९५६.३६ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक ७, होटल तथा पर्यटन ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७, लगानी ०.११, ब्यापार उपसमूह २९, म्यूचूअल फन्ड ०.०४ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ४, निर्जीवन बीमा २३, अन्य उपसमूह १४ र जीवन बीमा उपसमूह ९३ अंकले बढेको छ ।
आज कालिका लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज लाईफ इन्स्योरेन्स कर्पोरेसन र गुँरास लघुवित्तको सेयर ४ प्रतिसत भन्दा धेरैले बढेको छ ।
यस दिन २२६ कम्पनीको २७ लाख कित्ता सेयर एक अर्बमा कारोबार भएको छ ।
प्रतिक्रिया