बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २३.५२ अंकले घटेर एक हजार ८९३.७० विन्दुमा पुगेको छ ।
आज बैंकिङ ९, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंक घटेको छ ।
आज अपरहेवाखोलाको सेयर सबैभन्द धेरै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि मन्दाकिनी हाइड्रोको सेयर करिब ४ प्रतिशतले बढेको छ ।
यस दिन २२६ कम्पनीको ३१ लाख कित्ता सेयर एक अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया