Logo

अर्थनीति

आयल निगम २१ करोड नाफामा, तर ओली सरकारले तेस्रोपटक पेट्रोलको भाउ बढायो


appharu
   २० बैशाख २०७५, बिहिबार


जीडीपी नेपाल
काठमाडौं, २० वैशाख । सुशासन, समृद्धि र विकासको आश्वासन बाँड्दै गठन भएको केपी ओली नेतृत्वको वाम सरकारले पेट्रोलियम पदार्थको मूल्य तेस्रो पटक बढाएको छ। नेपाल आयल निगम मासिक २१ करोड नाफामा हुँदासमेत यसरी मूल्य समायोजनका नाउँमा जनतालाई ढाड सेक्नेगरी मूल्य बढाइएको हो ।

निगमले पेट्रोल, डिजल र मटीतेलको मूल्यवृद्वि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा र डिजेल र मटीतेलमा तीन/तीन रुपैयाँले मूल्यवृद्वि गरेको छ । पेट्रोलियम पदार्थमा बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।

निगमका अनुसार मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ हुनेछ । यस्तै, डिजेल र मटीतेल दुवैको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भने भूल्य यथावत रहेको निगमले जनाएको छ ।

पछिल्लोपटक वैशाख ३ मा पेट्रोलमा एक रुपैयाँ र डिजल र मटीतेलमा दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाइएको थियो । निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९० पैसा नाफा छ, तर डिजेल तथा मटीतेलमा १ रुपैयाँ २२ पैसा घाटा रहेको छ । त्यसैगरी एलपी ग्यासमा ६४ रुपैयाँ २९ पैसा घाटा छ ।

अहिलेकै बिक्री अनुपातमा निगमलाई २१ करोड मासिक नाफा हुनेछ । निगमका अनुसा डलरको सटहीदरमा वृद्धि भएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण मूल्य समायोजन गर्नुपरेको हो ।

प्रकाशित : २० बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह