Logo

घुमफिर

एक महिनामा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय


GDP नेपाल
   २८ कार्तिक २०७९, सोमबार


पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ ।

अध्यागमन विभागका अनुसार अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट ८८ हजार ५८२ जना पर्यटक नेपाल घुम्न आएका छन् । तथ्यांक अनुसार नेपाल आउने सबैभन्दा बढी पर्यटक भारतीय रहेका छन् । अक्टोबरमा मात्रै १६ हजार ९१० जना भारतीय पर्यटक नेपाल घुम्न आएका छन्।

यस्तै, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ४१७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, भियतनामबाट १ हजार ९२१, थाइल्याण्डबाट १ हजार २९६, स्वीट्जरल्याण्डबाट १ हजार २६४, स्पेनबाट २ हजार ९६, दक्षिण कोरियाबाट १ हजार ३७१, रुसबाट १ हजार ४०९, पोल्याण्डबाट १ हजार १८, नेदरल्याण्ड्सबाट १ हजार ८४२, मलेसियाबाट १ हजार ५९०, इटालीबाट १ हजार ४७१, इजरायलबाट १ हजार ४७२, क्यानडाबाट १ हजार ६८२ र बंगलादेशबाट २ हजार ७२० जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र फर्कने पर्यटकको मात्र हो ।

विभागका अनुसार अक्टोबर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली र विदेशी गरी कुल ३ लाख ८६ हजार ७ जनाले आवतजावत गरेका थिए। उक्त महिना १ लाख ९९ हजार १०७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए भने १ लाख ८६ हजार ९०२ जना अन्य देश गएका थिए।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह