मंगलबार सेयर बजार ६ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर एक हजार ८९७.८६ विन्दुमा पुगेको छ ।
विकास बैंक ४५, फाइनान्स २५, होटल २१, जलविद्युत् १८, जीवन बीमा ११, उत्पादन ६४, माइक्रोफाइनान्स २५ र अन्य उपसमूह ६ अंकले घटेको छ । यस्तै, बैंकिङ १, जीवन बीमा ७ र ब्यापार उपसमूह ५ अंक बढेको छ । आज तारागाउँ रिजेन्सी तथा सिक्लेस हाइड्रोको मूल्य ८ प्रतिशतले बटेको छ । समग्रमा बजार घटेपनि आज पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशतले बढेको छ ।
यस दिन २२९ कम्पनीको २७ लाख कित्ता सेयर एक अर्ब दुई करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया