Logo

सेयर बजार

दोहोरो अंकले बढेको सेयर बजारमा ८५ करोडको कारोबार


GDP नेपाल
   ३० कार्तिक २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से १३.४० अंकले बढेर एक हजार ९११.२६ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । यस दिन सिकलेस हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि जनउत्थान सामुदायिक लघुवित्तको सेयर भने सर्वाधिक ४.१३ प्रतिशतले घटेको छ ।

आज २३२ कम्पनीको २४ लाख ९५ हजार कित्ता सेयर ८५ करोड ९४ लाखमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको ६ करोड ३३ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह