Logo

सेयर बजार

२५ अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १ मंसिर २०७९, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २५.५७ अंकले बढेर एक हजार ९३६.८३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १२, विकास बैंक ६४, फाइनान्स ३७, होटल तथा पर्यटन ९, जलविद्युत् ६१, जीवन बीमा ५६, उत्पादन १०२, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा १०२, अन्य २२ र ब्यापार उपसमूह ४० अंकले बढेको छ ।

आज सिक्लेस सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर ९.९९ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर झण्डै तीन प्रतिशतले घटेको छ ।

यस दिन २२३ कम्पनीको ४३ लाख कित्ता सेयर एक अर्ब ७१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह