Logo

सेयर बजार

बुधबार पनि ७ अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ७ मंसिर २०७९, बुधबार


बुधबार सेयर बजार ७ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ७.७२ अंकले घटेर एक हजार ९२१.९९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६, विकास बैंक ०.२२, फाइनान्स १, होटल ४, जलविद्युत् १०, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा २४, अन्य ११, र जीवन बीमा उपसमूह २४ अंकले घटेको छ । त्यस्तै, उत्पादन ४० र व्यापार उपसमूह ५ अंकले बढेको छ ।

आज स्टान्डर्ड चाटर्ड बैंक र नबिल ब्यालेन्स फन्ड ३ को सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि सिभिल बैंक लिमिटेडको सेयर १० प्रतिशत र घलेम्दी हाइड्राको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन २२३ कम्पनीको २८ लाख कित्ता सेयर एक अर्ब २ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह