Logo

सेयर बजार

११ अंकले बढ्यो सेयर बजार, ९२ करोडको कारोबार


GDP नेपाल
   ८ मंसिर २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.५६अंकले बढेर एक हजार ९३३.५५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स १८, होटल तथा पर्यटन २, जलविद्युत् ११, माइक्रोफाइनान्स ०.६५, अन्य १, जीवन बीमा उपसमूह ०.३०, उत्पादन १ र व्यापार उपसमूह १ अंकले बढेको छ । यस्तै, आज निर्जीवन बीमा उपसमूह ०.०४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर ६.८३ र आरएमडीसी लघुवित्तो सेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज किसान लघुवित्तको सेयर झण्डै ३ प्रतिशतले घटेको छ ।

यस दिन २३२ कम्पनीको २५ लाख कित्ता सेयर ९२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह