Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, ९५ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   १३ मंसिर २०७९, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २.९९ अंकले बढेर एक हजार ९५३.३५ विन्दुमा पुगेको छ ।

विकास बैंक २८, फाइनान्स १९, जलविद्युत् २, माइक्रोफाइनान्स २५, अन्य ६, जीवन बीमा उपसमूह ०.३४ अंकले बढेको छ । त्यस्तै, आज निर्जीवन बीमा १४ ,बैंकिङ ०.९७, होटल तथा पर्यटन ५, उत्पादन १ र व्यापार उपसमूह १४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तिय संस्था ६ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज एकआइसी एशीया ब्यालेन्स फन्ड ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २३४ कम्पनीको २५ लाख कित्ता सेयर ९५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह