Logo

मुख्य समाचार

बैंकको ब्याज तिर्न नसक्दा सिरहामा एक व्यापारीले गरे आत्महत्या


GDP Nepal
   १४ मंसिर २०७९, बुधबार


सिरहा। बैंकको चर्को ब्याज तिर्न नसक्दा व्यवसायीले आत्महत्याको बाटो रोज्न थालेका छन् । पूर्वी तराईको सिरहा गोलबजारका एक व्यापारीले आत्महत्या गरेका छन्।

व्यवसायीको आत्महत्याबारे मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पत्रकारहरुलाई जानकारी दिएका थिए ।

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थित राजदेबी इन्टरप्राइजेजका संचालक पप्पु महासेठले ब्याजदर र आर्थिक संकटको दबाब झेल्न नसकेको कारण आत्महत्या गरेको उद्योग ब्यापार संघ गोलबजारका महासचिब राकेश गुप्ताले बताएका छन।

महासचिव गुप्ताका अनुसार महासेठको निधनमा शाोक मनाउन बुधबार गोलबजारका सम्पूर्ण ब्यापारीले पसल बन्द गरेका छन् । बैंकको ब्याजदर दोब्बर भएको र बैंकबाट लगातार प्रेसर आएका कारण कारण महासेठले आत्महत्या गरेको गुप्ताले दावी गरे ।

महासेठ करिब १० बर्ष देखि ब्यापार गर्दै आएका थिए। महासेठ गोलबजारको ठूलै व्यापारीमा गनिन्थे । गोलबजारमा उनको टायद्यस, मार्बलको पसल थियो ।

स्वर्गीय महासेठका एक छोरा र एक छोरी छन्।

तस्बिरः नेत्र दैनिकबाट

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह